ad ad

राजनीति


सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी, यस्ता छन् एजेन्डा

सिंहदरबारमा माओवादी संसदीय दलको बैठक जारी, यस्ता छन् एजेन्डा

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १४:५६, काठमाडौँ

नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक सिंहदरबारमा जारी छ। केहीबेरदेखि जारी बैठकमा समसामयिक विषयमा छलफल हुने बताइएको छ। 

आजको बैठकमा संवैधानिक परिषद् बैठक, उपसभामुखबारे पछिल्लो समय सत्तारुढ दलले गरेको तयारी, सहकारी प्रकरण र संसद् बैठकलाई प्रभावकारी बनाउने लगायतका विषयमा छलफल हुन लागेको हो। 

त्यस्तै, राष्ट्रिय सभाको दुई समितिको निर्वाचनबारे पनि बैठकमा छलफल हुनेछ। 

आजै साँझ ५ बजे संवैधानिक परिषद् बैठक बस्दैछ।

नेताहरूका अनुसार बैठकमा उपसभामुखलाई हटाउने सत्ता पक्षको तयारीका बारेमा छलफल हुनेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .