नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसद् बैठकमा ‘हिंसा’ भन्ने शब्द नियोजित ढंगले ल्याइएको बताएका छन्।
शुक्रबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा समसामयिक राजनीतिकाबारे ब्रिफिङ गर्ने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।
उनले संविधान र शान्ति सम्झौताको अपमान गर्ने नियोजित ढंगबाट नेकपा एमालेले संसद्मा हिंसा भन्ने शब्दबारे अपव्याख्या थालेको बताए।
‘हिंसा भन्ने शब्द जुन उदेश्यले उठाइएको छ। त्यो संविधान र शान्ति सम्झौताको अपमान गर्ने नियोजित ढंगले उठाइयो,’ बैठकमा अध्यक्ष प्रचण्डले राखेको भनाइ उद्धृत गर्दै एक सांसदले भने।
उनका अनुसार सविधान संशोधनमा राखेको नोट आफ डिसेन्टको रुपमा लेखिएको विषयलाई मार्गदर्शन बनाएर मात्रै अघि बढ्न सकिने प्रचण्डले बताए।
84
Shares
प्रतिक्रिया