ad ad

राजनीति


उपसभामुख हटाउनेबारे अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ : एमाले

उपसभामुख हटाउनेबारे अहिलेसम्म कुनै निष्कर्षमा पुगेका छैनौँ : एमाले

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १७:१३, काठमाडौँ

सत्तारुढ दल नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउनेबारे अहिलेसम्म कुनै निष्कर्षमा नपुगेको बताएको छ। 

शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको पार्टीको सचिवालय बैठकमा यसबारे कुरा उठेको र अहिले नै के गर्ने भन्ने स्पष्ट भइनसकेको महासचिव शंकर पोखरेलले जानकारी दिए। 

‘जसरी बाहिर आएको छ। त्यसरी के गर्ने भन्ने निष्कर्षमा पुगेका छैनौँ। यो संसद्को मामिलिाको कुरा हो। संसद्लाई कसरी मर्यादित बनाउने भन्ने काममा संसदीय दल र पार्टीले गर्ने कुरामा पार्टीको पूर्ण समर्थन रहन्छ,’ महासचिव पोखरेलले भने।

उपसभामुख रानाबारे उठेका प्रश्नमा उनको पार्टी रास्वपाले पनि प्रष्ट पार्नुपर्ने निर्णय आफ्नो पार्टीको भएको महासचिव पोखरेलले सुनाए। 

‘उहाँमाथि उयठेका प्रश्नको बारेमा उहाँ आफैँ र पार्टीले स्पष्ट पार्नुपर्छ। उहाँका विषयमा जे आएका छन्, यदी त्यो सत्य हो भने उहाँ त्यो पदका लागि उपयुक्त होइन भन्ने स्पष्ट नै देखिएको छ,’ महासचिव पोखरेलले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .