ad ad

राजनीति


कर्मचारीलाई मन्त्री गुरुङले भने– काम चोर्ने र ढाँट्ने मान्छे मलाई मन पर्दैन

कर्मचारीलाई मन्त्री गुरुङले भने– काम चोर्ने र ढाँट्ने मान्छे मलाई मन पर्दैन

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १४:३५, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उपलब्धि हासिल गर्ने कुरामा सधैँ पहिलो हुनेगरी काम गर्न मन्त्रालयका कर्मचारीहरूलाई निर्देशन दिएका छन्।

आइतबार मन्त्रालयका सचिव लगायत अन्य कर्मचारीहरूसँग कार्य सम्पादन सम्झौता गर्दै उनले सधैँ पहिलो हुनेगरी काम गर्न निर्देशन दिएका हुन्।

‘हामी २२ वटा मन्त्रालय छ। प्रधानमन्त्री कार्यालयसहितको। यो प्रतिस्पर्धा पनि हो। त्यसैले हाम्रोमन्त्रालय यि सबै मन्त्रालयहरुमा कहिल्यै पनि दोस्रो हुनु हुँदैन। हामी पहिलो नै हुनुपर्छ। हाम्रो मन्त्रालय हरेक कुरामा डिस्टिङसन ल्याएर टप अफ द टबल हुनुपर्छ यो उपलब्धि हासिल गर्नेकुरामा,’ मन्त्री गुरुङले भने, ‘यो एक जनाको मात्रै काम होइन, सबैले मिलेर सफल बनाउने हो। हामी र हाम्रो मन्त्रायल २२ वटा मन्त्रालयमा फस्र्ट नै हुने हो। किन भनिरहेको छु भने ममा पनि एउटा आत्मविश्वास छ। म यो काम गरेर देखाउँछु भन्ने। म मा आत्मविश्वास तपाईंहरूको अनुहार हेरेर पलाएको हो। तपाईंहरूमा मेरो त्यो विश्वास छ।’

उनले सञ्चार मन्त्रालयलाई २२ मन्त्रायलहरुमध्ये दोस्रो हुने छुट नरहेको पनि स्पष्ट पारे। हरेक कुरामा विशिष्ट श्रेणी ल्याएर टप अफ द टबल हुनुपर्ने भन्दै काममा इमान्दारितापूर्वक लाग्न आग्रह गरे। 

‘म एक्लैले गर्न सक्दिनँ। तपाईंहरूको सहयोग सबैको भयो भने हामी सक्छौँ। प्रतिपक्षमा हुँदा पनि र मन्त्री हुँदा पनि हामी सांसदहरूले बुझ्नपर्ने कुरा के छ भने यो राज्य हाम्रो हो, हामीले गर्ने हो। यो फलानोको हो, यसको जसरी पनि विरोध गर्नुपर्छ भनेर हुँदैन,’ उनले भने, ‘इमानपूर्वक काम गर्नेलाई मेरो ढोका जहिले पनि खुला छ। सुझाव राख्नका लागि जहिल्यै आउनुस्। कामचोर मलाई मन पर्दैन, ढाँट्ने बानी पनि मन पर्दैन। यो कुराबाट मुक्त भएर काम गरौँ। अरु मन्त्रालयलाई पनि सन्देश दिऔँ न, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय जस्तो होस्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .