ad ad

राजनीति


सभामुखलाई भेटेर माओवादीले भन्यो– तपाईंले पक्षपात गर्नुभयो, संसद् चल्न दिँदैनौँ

सभामुखलाई भेटेर माओवादीले भन्यो– तपाईंले पक्षपात गर्नुभयो, संसद् चल्न दिँदैनौँ

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १५:१३, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर संसद् बैठक चल्न नदिने प्रष्ट पारेका छन्। 

आइतबार पार्टी बैठकमा भएको छलफलपछि सांसदहरू जनार्दन शर्मा, वर्षमान पुन, देवेन्द्र पौडेल, हितराज पाण्डे लगायत सभामुखलाई भेट्न पुगेका थिए। 

यसअघि आजै सभामुख देवराज घिमिरेले राष्ट्रिय दलका सचेतक र प्रमुख सचेकतलाई बोलाएर संसद् अवरोध खुलाउनेबारे छलफल गरेका थिए।

उक्त छलफलमा भएका विषयहरूमाथि माओवादीले पार्टीमा छलफल गरेको थियो। सो छलफलपछि सभामुख घिमिरेलाई भेटेर संसद् अवरोध कायम राख्ने जानकारी गराइएको एक सांसदले बताए। 

सभामुखसँगको भेटमा रहेका ती सांसदले भने, ‘हामीले सभामुखलाई तपाईंले पक्षपातपूर्ण व्यवहार गर्नुभयो, संसद् चल्न दिँदैनौँ भनेर भनेका छौँ।’

दिउँसो १ बजेका लागि बोलाइएको बैटक एक घण्टाका लागि स्थतिग गरिएको थियो। तर, बैठक बस्न सकेको छैन। 

गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले प्रयोग गरेको हिंसा भन्ने शब्द हटाउनुपर्ने माओवादीको अडान छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .