ad ad

राजनीति


संसद् अवरोधको अडानबाट टसमस भएन माओवादी, किराँतीको जवाफ– क्षति एमालेलाई नै हो

संसद् अवरोधको अडानबाट टसमस भएन माओवादी, किराँतीको जवाफ– क्षति एमालेलाई नै हो

नेपालखबर
भदौ ३०, २०८१ आइतबार १६:३६, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सत्तारुढ दल नेकपा एमालेले आफ्नै बदनाम गरेको टिप्पणी गरेका छन्। आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक स्थगित भएपछि नेपालखबरसँग संक्षिप्त प्रतिक्रिया दिँदै किराँतीले यस्तो बताएका हुन्। 

‘माओवादीलाई गम्भीर क्षति हुन्छ भनेर नेकपा एमालेका एकजना सांसदले भन्नुभएको रहेछ। यो चाहिँ पूर्ती नै नहुनेगरी एमाले र एमालेका सांसदहरूलाई क्षति पुगेको छ,’ उनले भने। 

साथै, उनले नयाँ पुस्ताका युवाबाट आएको यो विषयले एमाले आफ्नै बदनाम गरेको टिप्पणी गरे।

‘जसले सत्ताको नेतृत्व गर्छु र सबैभन्दा ठूलो पार्टी, नेपालमा हामी नै हो नेता भन्ने पुस्ताले जसरी विषय प्रस्तुत गरेका छन्, उनीहरू आफैँ बदनाम भएको छ,’ सांसद किराँतीले भने।

उनले प्रतिनिधि सभा बैठक चल्न नदिन आफूहरूको अडान कायम रहेको बताएका छन्। गत भदौ १२ गते एमाले सांसद योगेश भट्टराईले माओवादी जनयुद्धलाई ‘हिंसा’ भनेपछि सुरु भएको विवादका कारण गत असोज २६ गतेको संसद् बैठक प्रभावित भएको थियो। 

आजका लागि बोलाइएको बैठक पनि माओवादी केन्द्रसँग सहमति जुट्न नसक्दा सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। 

‘माओवादीको अडान कायम छ। उनीहरूले पटक पटक संसद् चलाउने प्रयास गरे। हामी हाम्रो अडानबाट टसमस भएनौँ,’ उनले भने। 

उनले माओवादी जनयुद्धलाई एमाले सांसद भट्टराईले हेप्नेगरी प्रस्तुत गरेकोमा आपत्ति रहेको पनि स्पष्ट पारे। 

‘उनीहरूले माओवादी जनयुद्धलाई नै हेप्नेगरी प्रस्तुत भएको छ, यो माओवादी पार्टी र संसदीय दललाई असह्य भएको छ। यसको उचित व्यवस्थापन सभामुख र संसद् सचिवालयबाट हुनुपर्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .