ad ad

राजनीति


सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

सहकारी छानबिन प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषदको निर्णय

फाइल फोटो


नेपालखबर
असोज २, २०८१ बुधबार २१:२०, काठमाडौँ

मन्त्रिपरिषद् बैठकले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको एक मन्त्रीले बताए।

‘बैठकमा प्रतिवेदन पेस भएको थियो। खासै छलफल भएन। कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयमा पठाउने भनेर प्रधानमन्त्रीले भन्नुभयो’ उनले भने।

अब उक्त प्रतिवेदन गृह मन्त्रालयमा पठाइने छ। गृह मन्त्रालयले मन्त्रिपरिषदको निर्णयपछि कसरी अगाडि बढाउने भनेर शुक्रबार छलफल हुने जनाएको छ।

यस्तै, सहकारी विभागमा पनि उक्त प्रतिवेदन पठाएर आवश्यक प्रक्रिया अगाडि बढाइने छ।

विभिन्न सहकारीहरूको बचत रकम अपचलन भएको भन्दै छानबिन गर्नका लागि प्रतिनिधि सभाले एमाले सांसद सूर्य थापाको संयोजकत्वमा २०८१ जेठ १५ गते ७ सदस्यीय छानबिन विशेष समिति गठन गरेको थियो।

सोमबार समितिले यससम्बन्धी प्रतिवेदन बुझाउँदै सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा लगाएको ठहरसहित अध्यक्ष जीबी भनिने गीतेन्द्रबाबु राई, गोर्खा मिडिया नेटवर्कका प्रबन्धनिर्देशक रवि लामिछाने तथा सञ्चालकद्वय कुमार रम्तेल र छबिलाल जोशीलाई कारबाही गर्न सरकारलाई सिफारिस गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .