ad ad

राजनीति


इतिहासमा जनताले भोगेको निरंकुशतालाई आजको पुस्ताले बिर्सनु हुँदैन: प्रधानमन्त्री

इतिहासमा जनताले भोगेको निरंकुशतालाई आजको पुस्ताले बिर्सनु हुँदैन: प्रधानमन्त्री

फाइल तस्बिर


नेपालखबर
असोज ३, २०८१ बिहिबार ८:१७, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको बताएका छन्। 

संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार बिहान शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई वर्तमान संविधानले संरक्षण गरेको बताएका हुन्।

दशकौँ लामो संघर्ष र सयौँको बलिदानको फलस्वरूप जनता आफैँले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले वर्तमान संविधान निर्माण गरेको चर्चा गर्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘यो संविधानले सबैलाई अधिकार सम्पन्न बनाएको छ। सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनाहरुलाई यसले संरक्षण गरेको छ। यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ।’ 

प्रधानमन्त्री ओलीले जनताले लामो समयसम्म भोगेको निरङ्कुशता आजको पुस्ताले पनि बिर्सनु नहुनेमा पनि जोड दिएका छन्। 

‘यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झँदा हाम्रो मस्तिष्कमा समाजलाई निरङ्कुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ,’ प्रधानमन्त्री ओलीले भनेका छन्, ‘यही संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नु पर्छ। सबै दिदीबहिनी, दाजुभाइमा संविधान दिवसको शुभकामना!’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .