ad ad

राजनीति


निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव छैन : ऊर्जामन्त्री खड्का

निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव छैन : ऊर्जामन्त्री खड्का

नेपालखबर
असोज १०, २०८१ बिहिबार ११:३४, काठमाडौँ

ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले निजी क्षेत्रसँग हातेमालो नगरी मुलुकको विकास सम्भव नरहेको बताएका छन्।

बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर नै सरकार अघि बढिरहेको बताएका हुन्। 

सरकारले निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ निजी क्षेत्रसँग सहकार्य गर्न हातेमालो गर्न चाहेको ऊर्जामन्त्री खड्को भनाइ थियो। 

‘निजी क्षेत्रसँग साझेदारी गरेर, निजी क्षेत्रसँग हातेमालो गरेर, निजी क्षेत्र बेगर मुलुकको विकास सम्भव छैन भन्ने मान्यताका साथ सरकार निजी क्षेत्रसँग सहकार्य गर्न चाहन्छ,’ उनले भने, ‘निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतीहरू आउनुस्, बसौँ, छलफल गरौँ। समाधान हामीले खोज्ने हो, कोही आएर खोज्दैन। समाधानतर्फ लागौँ।’

निजी क्षेत्रलाई परेका अफ्ठ्यारा, समस्या र चुनौतिको सामना गर्न सरकार लागिपरेको दाबी गर्दै उनले कसैलाई गाली गरेर मात्रै समस्याको समाधान नहुने भन्दै अहिले काम गर्ने बेला भएको बताए। 

‘अब काम गर्ने बेला हो। यो मौका पनि छ। भाग्यवश भन्नुपर्छ, छिमेकी हुनुका नाताले हामीले विद्युतको सम्झौता मात्रै गरेको होइन, म त संखुवासभाबाट प्रतिनिधित्व गर्ने मान्छे। अरुण तेस्रो अब एक वर्षमा सम्पन्न हुँदैछ, ९ सय मेगावाटको। अरु दुई वटा आयोजनाहरु त्यही कम्पनीले लिइसकेको छ,’ खड्काले भने, ‘अन्य क्षेत्रमा पनि लगानी गर्न चाहनुहुन्छ। यस्तो लगानीको आन्तरिक वा वाह्य लगानीको यि सबै लगानीको सुरक्षा सरकारले लिन सक्नुपर्छ र लिन्छ। सम्माननीय प्रधानमन्त्रीज्युले भन्नुभएको छ, लगानीको सुरक्षा गर्ने र व्यवसायीहरुले बढी भन्दा बढी नाफा कमाउन् भन्ने नै हो।’

मन्त्री खड्काले छिमेकी देशले गरेको सहयोगको प्रशंसा गर्न सक्नुपर्ने पपनि बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .