दुईवटा संसदीय समितिको बैठक आज (शुक्रबार) बस्दैछ। सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो। बैठक बिहान ११ बजे र १ बजेका लागि बोलाइएको छ।
बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा लाङटाङ राष्ट्रिय निकुञ्जको अनुगमन कार्यक्रमको समीक्षा, शुक्लाफाँटा, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकनबारे छलफल हुने संसद् सचिवालयले जनाएको छ।
त्यसैगरी दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने तयारी छ।
24
Shares
प्रतिक्रिया