ad ad

राजनीति


कांग्रेस नेता देवको चुनौतीः सात प्रतिशत आर्थिक वृद्धि भए राजनीति नै त्यागिदिन्छु

कांग्रेस नेता देवको चुनौतीः सात प्रतिशत आर्थिक वृद्धि भए राजनीति नै त्यागिदिन्छु

नेपालखबर
जेठ १८, २०७७ आइतबार ११:४५,

नेपाली कांग्रेसका सांसद जितेन्द्रनारायण देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि हासिल गर्न सरकारलाई चुनौती दिएका छन्। राष्ट्रियसभाको आइतबारको बैठकमा सांसद देवले आगामी आर्थिक वर्षमा ७ प्रतिशतले आर्थिक वृद्धि भए राजनीति नै त्याग्ने बताए।

उनले भने, ‘अहिले सबभन्दा ठूलो च्यालेन्ज भनेको देशमा इकोनोमिक क्रियाकलापलाई अगाडि बढाउनु पर्ने हो, एउटा आर्थिक पुनरउत्थानको कामलाई अगाडि बढाउनुपर्ने हो। मेरो चुनौति छ नेपाल सरकार र अर्थमन्त्रीलाई यदि ७ प्रतिशतको जीडीपीको ग्रोथ रेट २०७७/०७८ मा भयो भने म राजनीति छोडिदिन्छु।’

बैठकमा सांसद देवले बजेटको कुन वर्षका लागि आएको हो भन्दै प्रश्न गरे।

‘यो समाजको सुकिला मुकिलाहरुको मात्रै बजेट हो की, यो समाजको सुट र टाई लगाउने वर्गको मात्रै बजेट हो की यो समाजमा मुस्ताङी स्याउ जस्तो रातो रातो गाला भएको हरुको मात्रै बजेट हो की?,’ उनले भने।

बजेटमा सिमान्तकृत, विपन्न र गरिब नागरिकलाई नसमेटिएको उनले बताए।

धेरै ठाउँमा जनताहरु खाना नपाएर भोकले ज्यान गुमाउनुपरेको उल्लेख गर्दै उनले भने, ‘लकडाउनका कारण आज सप्तरी जिल्लामा मलर सदाले खान नपाएर भोकभोकै प्राण त्याग ग-यो। खान नपाएर भोक भोकै कीर्तिपुरको रोडमा सुर्यवहादुर तामाङ दाम्लो र डोको छातिमा राखेर प्राण त्याग ग-यो। आज हजारौं लाखौं मलर सदा र सुर्यवहादुर तामाङ यो मुलुकमा छन्। त्यसको लागि राहत, त्यसको लागि सहयोग, त्यसको लागि बजेट खोई? कहाँ बजेट विनियोजन भएको छ त्यसको लागि। के त्यसको लागि बजेट विनियोजन हुनुहुँदैन थियो?’

उनले सरकारलाई गरिबमारा बजेट ल्याएको आरोप लगाए। लकडाउनको कारण आपूर्ति शून्य भएकाले कलोबजारी र विचौलियाको संख्या बढेको र कृत्रिम अभाव तथा महंगीलाई रोक्ने खालको बजेट नआएको बताए। कोरोना संक्रमणको जोखिम बढ्दै जाँदा पनि सरकारले ६ अर्ब मात्रै बजेट छुट्याएको भन्दै आपत्ति जनाए। पीसीआर परीक्षण गर्न समेत नपुग्ने बजेट आएको उल्लेख गर्दै उनले कोरोना रोकथामका लागि अझै बजेट बढाउनुपर्ने बताए।

कृषि क्षेत्रमा गतवर्ष भन्दा केही बजेट बढाइएको भएपनि मलखादमा ५ प्रतिशत र विउविजनमा १५ प्रतिशत कर बढाएर कृषि क्रान्ति नहुने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .