ad ad

राजनीति


विज्ञसँग स्वास्थ्यमन्त्रीले भनेः विदेशबाट आउने सबैको परीक्षण हुन्छ

विज्ञसँग स्वास्थ्यमन्त्रीले भनेः विदेशबाट आउने सबैको परीक्षण हुन्छ

नेपालखबर
साउन ९, २०७७ शुक्रबार १४:२७,

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबै नागरिकको कोरोना परीक्षण गरिने बताएका छन्।

शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै मन्त्री ढकालले भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमा नाकामै स्वाब संकलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए।

उनले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका सबैजसो काम विज्ञहरूको सल्लाह र सुझावमै भैरहेको बताए। उनले विज्ञहरूबाट समेत सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले होस्टेमा हैँसे गर्नुपर्ने बताए। उनले लकडाउन खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगादन गर्नुपर्ने बताए। मन्त्री ढकालले स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउनेगरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए।

विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले नेपालमा कोरोना समूदायमा नफैलिएको भन्दै खास ठाउँमा देखिएको संक्रमणलाई समुदायको भन्न नमिल्ने बताए। उनले अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास ज्यादैनै सराहनीय रहेको बताए। विकसित देशको भन्दा राम्रोसँग कोरोनाको नियन्त्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने बताए।

सो कार्यक्रमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवना कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए।

संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा संक्रमण हुनबाट जोगाउनुपर्ने बताए।

जनस्वास्थ्यविद डा सुजन मरहठ्ठाले कोरोनाको व्यपकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिए।

नेपाल मेडिकल एसोसियनका अध्यक्ष डा लोचन कार्कीले हेल्थ वर्करहरूलाई अहिले महामारीबाट जोगाउनका लागि विशेष ध्यान दिनुपर्ने बताए।

भाइरोलोजिष्ट डा समिरमणि दिक्षितले कोरोना भाइरसको डर कम गर्न नमुनाहरूको परीक्षण बढाउनुपर्ने र जिन सिक्वेन्सिङ गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषदका लागि पर्याप्त नमुनाहरू दिएर सहोग गर्नुपर्ने बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .