ad ad

राजनीति


चीन भन्छः पछिल्लो झडपमा कुनै भारतीय सेनाको मृत्यु भएको छैन

चीन भन्छः पछिल्लो झडपमा कुनै भारतीय सेनाको मृत्यु भएको छैन

नेपालखबर
भदौ १७, २०७७ बुधबार १०:५६,

चिनियाँ संचारमाध्यम ग्लोबल टाइम्सका अनुसार चीनको विदेशमन्त्रालयकी प्रवक्ता हुवा चुनयिङले भनेकी छिन्,‘मलाई जानकारी भएसम्म भारत–चीनको सीमामा भएको झडपमा कुनै भारतीय सेनाको मृत्यु भएको छैन।’

भारतले हालै गत अगष्ट २९ र ३० तारिखको रात विवादित पाङगोङ सो तालको भारत नियन्त्रित क्षेत्रमा चिनियाँ सेनाले घुसपैठ गर्न खोजेको आरोप लगाएको थियो।

सो क्रममा झडप भएको पनि भारतले बताएको थियो। आफूहरुले चीनको प्रयास असफल बनाएको पनि भारतीय पक्षको दाबी छ।

यसै झडपमा एक भारतीय सेनाको मृत्यु भएको भनेर अन्तर्राष्ट्रिय संचारमाध्यममा खबर आएको थियो। भारतको विदेशमन्त्रालयले आफ्ना सेनाको मृत्युको बारेमा कुनै जानकारी दिएको थिएन।

यसबीचमा चीनको विदेशमन्त्रालयले पनि यस विषयलाई खारेज गरिदिएको हो। एजेन्सी

यो पनिः भारतीय र चिनियाँ सेनाबीच पूर्वी लद्दाखमा फेरि भयो झडप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .