पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्यमा समस्या देखिएपछि बुधबार दिउँसो राजधानीको मन्डिखाटारस्थित हेम्स अस्पतालमा इमरजेन्सी भर्ना भएका थिए।
उनी उपचारपछि बेलुका डिस्चार्ज भएका छन्।
‘उहाँ दिउँसो इमरजेन्सी भर्ना हुनुभएको थियो। अहिले उहाँको डिस्चार्ज भइसकेको छ,’ अस्पताल स्रोतले नेपालखबरसँग भन्यो।
नेकपा नेता खनालको स्वास्थ्य समस्या ठ्याक्कै के हो भन्ने विवरण भने तत्काल आफूसँग नरहेको ती अधिकारीले बताए।
123
Shares
प्रतिक्रिया