ad ad

राजनीति


जाँदाजाँदै बहराइनका राजकुमारले भने : नेपालमै बसौँ–बसौँ लागेको छ

जाँदाजाँदै बहराइनका राजकुमारले भने : नेपालमै बसौँ–बसौँ लागेको छ

वसन्त अर्याल
कात्तिक ७, २०७७ शुक्रबार ७:४६,

बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलीफाको टोली मनास्लु र लोबुचे हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएको छ।

राजकुमार खलीफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाई गरेका हुन्।

सो अवसरमा राजकुमार खलीफाले हिमाल नै थाहा नपाएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यताबाट ज्यादै रोमान्चित भएको र नेपालमा नै बसौं–बसौं लागेको बताए।

१ महिना ७ दिनको नेपाल बसाईको अनुभव मध्यपूर्वका जनतालाई बाढ्ने पनि राजकुमारले बताएका छन् । राजकुमार खलीफाले भने ‘नेपालप्रति मेरो यति लामो बसाईमा कुनै गुनासो छैन, यहाँको आतिथ्यतादेखि लिएर हिमाल आरोहण र अन्य प्राकृतिक सौन्दर्यताको अनुभव साच्चिकै स्मरणीय रह्यो।’

याे पनि :  दुई हिमाल आरोहण गरेपछि बहराइनका राजकुमारले भने– ‘नेपाल मेरो दोस्रो घर’

मन्त्री भट्टराईले नेपालका हिमाल आरोहण गरेर पुरै मध्यपूर्वमा नेपालको सौन्दर्यताका बारेमा प्रचार भएको भन्दै राजकुमार खलीफालाई आभार व्यक्त गरे। उनले बहराइनसँगको हवाई उडान नियमित गर्न र त्यहाँका नागरिकलाई नेपाल घुम्न पठाउन सहयोगी भूमिका खेलिदिन पनि आग्रह गरेका छन्।

नेपालका हिमाल आरोहण गर्न राजकुमार खलीफा सहित १८ सदस्यीय टोली गत भदौ ३१ मा नेपाल आएको थियो । टोलीमा बहराइनको रोयल गार्डमा कार्यरत् १५ जना बहराइनी र ३ जना बेलायती नागरिक थिए।

उक्त टोलीले ८५१६ मिटर अग्लो मनास्लु र ६११९ मीटर अग्लो लोबुचे हिमाल आरोहण गरेको थियो। मनास्लु हिमाल बेसक्याम्पबाट आठै दिनमा सफल आरोहण गरेको थियो। आरोहणका क्रममा टोलीले हिमाल फोहोर सफाइ समेत गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .