ad ad

राजनीति


अमेरिकी चुनावः रिपब्लिकनको बलियो पकड मानिने एरिजोनामा बाइडेनको जित

अमेरिकी चुनावः रिपब्लिकनको बलियो पकड मानिने एरिजोनामा बाइडेनको जित

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ६:४८,

यही नोभेम्बर ३ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनको नतिजा आउने क्रम जारी छ। सोहीअनुसार सत्ताधारी रिपब्लिकन पार्टीको बलियो पकड मानिने एरिजोना राज्यमा पनि विपक्षी डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवार जोय बाइडेनले जित हात पारेका छन्।

सीएनएनका अनुसार बाइडेनको यो जित सात दशकयता डेमोक्र्याट उम्मेदवारले हात पारेको केवल दोस्रो जित हो। यो राज्यको चुनावी मतगणना भइरहँदा बाइडेनको जित सुनिश्चित भएको सीएनएनले जनाएको छ। यो राज्यबाट बाइडेनलाई ११ इलेक्टोरल मत प्राप्त भएको छ। यो वर्ष रिपब्लिकनको बलियो पकड भएका तीनवटा राज्यमा बाइडेनले जित हासिल गरेका छन्। एरिजोनामा सन् १९४८ मा डेमोक्रेटिक पार्टीका ह्यारी ट्रुम्यानपछि जित हात पार्ने बाइडेन दोस्रो उम्मेदवार हुन्।

यो जितपछि बाइडेनको इलेक्टोरल मतको अग्रता बढ्दै गएको छ। यसअघि नै २७० इलेक्टोरल मत हात पारेका बाइडेन राष्ट्रपति बन्ने सुनिश्चित भए पनि वर्तमान राष्ट्रपति ट्रम्पले अझै हार स्वीकार्न मानेका छैनन्।

कतिपय राज्यमा पुनः मतगणना भइरहेको छ। अहिलेसम्मको नतिजाअनुसार बाइडेनले २९० इलेक्टोरल मत पाउँदा ट्रम्पको केवल २१७ मात्रै रहेको छ। राष्ट्रपति बन्न २७० इलेक्टोरल मत जित्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .