ad ad

राजनीति


नेकपा सचिवालय : अन्ततः तोकिएकै समय र स्थानमा बैठक सुरु

नेकपा सचिवालय : अन्ततः तोकिएकै समय र स्थानमा बैठक सुरु

नेपालखबर
मंसिर ३, २०७७ बुधबार ७:३३,

नेकपाको सचिवालय बैठक तोकिएकै समय र स्थानमा सुरु भएको छ।

शुक्रबारबाट सुरु भएको बैठक आज बुधबार १ बजे प्रधानमन्त्री निवास बालुवाटार बस्ने भनी तय भएपनि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली त्यसका लागि तयार नभएपछि बैठक बस्नेबारे अन्यौल भएको थियो।

बैठक सार्न जोडबल गरिरहेका प्रधानमन्त्री ओली समेत सहभागी हुने भएपछि अन्ततः सहमतिमै बैठक सुरु भएको हाे।

यसअघि अध्यक्ष ओली पक्ष बैठक सार्ने र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल सहितका नेताहरु तोकिएकै समयमा राख्ने अडानमा थिए।

Nekapa Sachibalaya Nov18

बैठक बस्नुअघि आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले रास्ट्रपति विद्यादेवी भन्डारीसंग शितलनिवास पुगेर एक घन्टा छलफल गरेका थिए। बिहान साढे १० देखि साढे ११ सम्म रास्ट्रपतिसँग छलफल भएको स्रोतले जनाएको छ।

सरकारको कामकारवाहीकै विषयममा छलफल भएको रास्ट्रपति भण्डारीका प्रमुख स्वकीय भेषराज अधिकारीले बताए।

आजको बैठकमा प्रचण्डले पेस गरेको १९ पृष्ठको राजनीतिक प्रस्ताव लगायतको विषयमा छलफल हुने नेताहरू बताएका छन्।

नेकपाको शुक्रवार बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष प्रचण्डले सो प्रस्ताव पेस गरेका थिए।

सम्बन्धित समाचारहरु: 
सचिवालय बैठक रोक्ने र गरिछाड्ने जोडमा नेकपाका दुई पक्ष, यस्ता छन् दुवैतर्फका रणनीति

प्रस्ताव फिर्ता लिन महासचिव पौडेलको आग्रहपछि प्रचण्डले भने सबै कुराको छलफल बैठकमै गरौं

प्रचण्डले बैठक नरोक्ने अडान लिएपछि पोखरेल र पौडेलसँग छलफलमा जुटे ओली

- बिहान वामदेव गौतमसँग भेटेका प्रधानमन्त्री ओलीको दिउँसो माधव नेपालसँग छलफल

आफूलाई सहयोग गर्न ओलीले गरेको आग्रह वामदेवद्वारा अस्वीकार

प्रचण्डको प्रस्ताव फिर्ता नगरी नेकपाको कुनै बैठक हुँदैनः सल्लाहकार थापा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .