चीनले हालै अस्ट्रेलियाको आलोचना गर्न एउटा तस्बिर सार्वजनिक गरेपछि अस्ट्रेलियाको सरकार चीनसँग रुष्ट बनेको थियो र चीनले माफी माग्नुपर्ने बताएको थियो।
अस्ट्रेलियाका सेनाले अफगानिस्तानका सर्वसाधारणको हत्या गरेको प्रतिवेदन हालै सार्वजनिक भएपछि चीनको विदेशमन्त्रालयका प्रवक्ता झाओ लिजियानले अस्ट्रेलियाको सेनाले एक अफगान बच्चाको घाँटीमा छुराले रेटेको तस्बिर ट्वीटरमा राखेका थिए।
त्यहाँ ‘नडराउनु हामी यहाँ शान्ति ल्याउन आउन लागेका छौं’ लेखिएको छ।
चीन र रुसले ३९ जना अफगान नागरिकको हत्याको विषयमा अस्ट्रेलियाले आलोचना गरिरहँदा अस्ट्रेलियाले भने उक्त तस्बिरको विषयमा चीनको आलोचना गरेको थियो।
अस्ट्रेलियाको अवहेलना गर्न सार्वजनिक गरिएको उक्त तस्बिरको विषयमा चीनले तत्काल माफी माग्नुपर्ने अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बताएका थिए।
Shocked by murder of Afghan civilians & prisoners by Australian soldiers. We strongly condemn such acts, &call for holding them accountable. pic.twitter.com/GYOaucoL5D
— Lijian Zhao 赵立坚 (@zlj517) November 30, 2020उनले चीनलाई उक्त तस्बिर सार्वजनिक गर्दा लज्जा बोध हुनुपर्ने पनि बताएका थिए। अस्ट्रेलियाबारे घृणा फैल्याउने कार्य नगर्न मरिसनले चेतावनी दिएका थिए।
तर चीनले भने अस्ट्रेलियासँग माफी माग्न अस्वीकार गरेको छ। चीनले सोमबार ‘अफगान नागरिको जीवनले अर्थ राख्छ’ भन्दै तस्बिर सामाजिक सन्जालबाट नहटाउने पनि बताएको छ।
दक्षिण चीन सागरको विषयमा चीन र अस्ट्रेलियाबीच विवाद छ। यस घटनाका कारण दुई देशबीच अर्को विवाद निम्तिएको छ।
अमेरिकाको पक्षमा उभिएको अस्ट्रेलियाले दक्षिण चीन सागरमा चीनको दाबी अवैधानिक बताउँदै आएको छ। चीनले भने आन्तरिक मामिला दख्खल नदिन अस्ट्रेलियालाई चेतावनी दिँदै आएको छ।
अस्ट्रेलिया अमेरिका, जापान, भारतसहितको क्वाड समूहमा पनि आवद्ध छ। यस समूहलाई चीनले आफूविरुद्धको मोर्चा भएको बताउँदै आएको छ। एजेन्सी
Shares
प्रतिक्रिया