ad ad

राजनीति


ओली सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्रमा छ : यादव

ओली सरकार संघीयता र गणतन्त्र समाप्त पार्ने षडयन्त्रमा छ : यादव

शैलेन्द्र महतो
मंसिर २०, २०७७ शनिबार १३:३८,

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले केपी शर्मा ओली नेतृत्वको नेकपा सरकार मुलुकबाट संघीयता र गणतन्त्रलाई समाप्त पार्ने षडयन्त्र गरी रहेको आरोप लगाएका छन्।

नेपाल बौद्धिक पेशाकर्मी महासंघले शनिबार जनकपुरधाममा आयोजना गरेको ‘नेपालको बर्तमान राजनीति सन्दर्भ’ विषयक अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष यदवले मुलुकनै धरासायी बनाउन सरकार उद्दत रहेको आरोप लगाए।

सत्तारुढ नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समेत प्रधानमन्त्री ओली गणतन्त्र समाप्त पार्ने खेलमा लागेको आरोप लगाउँदै पार्टी सचिवालयमा प्रतिवेदन पेस गरेकाले पनि यो कुरा प्रष्ट भएको उनको जिकिर थियो।

No description available.

पूर्व उपप्रधानमन्त्री समेत रहेका यादवले विभिन्न कालखण्डमा व्यवस्थाहरू परिवर्तन भए पनि शासक वर्ग परिवर्तन हुन नसकेकाले उपलब्धिहरू गुम्ने खतरा बढेको बताए। संरचनागत विभेदलाई निरन्तता दिने उद्देश्यले नै पहिचानविहीन सात प्रदेश बनाइएका उनको आरोप थियो।

‘मधेश जनविद्रोहबाट प्राप्त उपलव्धिहरु संस्थागत भए एकात्मक प्रणाली समाप्त हुन्छ भन्ने डरले विगतदेखि सत्तासुखमा रमिएकाहरु चरैतिरबाट कसरी यसलाई समाप्त गरुौँ भनेर प्रपञ्च रचिरहेको छन्’, उनले भने।

कार्यक्रममा जसपाका केन्द्रीय कार्यकारिणी सदस्य शरतसिंह भण्डारीले आन्दोलनहरूबाट प्राप्त उपलब्धिहरूलाई व्यवस्थापन गर्न सबै दल चुकेको टिप्पणी गरे।

उनले संघीय सरकारले प्रतिकूल अवस्थामा समेत काम गरेको भन्दै प्रदेश २ सरकारको प्रशंसा गरे। नेता भण्डारीले बुद्धिजीवीहरूसँग हातेमालो गरी अघि बढ्न प्रदेश सरकारलाई सुझाब दिए।

No description available.

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बौद्धिक वर्गका सल्लाह सुझाब लिएर अघि बढ्ने आश्वासन दिए। उनले कर्मचारीतन्त्रबाट असहयोग गराउँदै आएको संघीय सरकारले पछिल्लो समय कानुनहरू नै बनाएर प्रदेश सरकारका अधिकारहरू कटौती गर्न थालेको आरोप समेत लगाए।

उनले केन्द्र सरकारका संघीयता विरोधी गतिविधिलाई परास्त गर्न आफूहरूले कानुनी लडाईं लड्दै आएका पनि स्मरण गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .