ad ad

राजनीति


३१५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगे प्रचण्ड–नेपाल समूहका नेता

३१५ केन्द्रीय सदस्यको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगे प्रचण्ड–नेपाल समूहका नेता

नेपालखबर
पुस ८, २०७७ बुधबार ६:३८,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्ष ३ सय १५ केन्द्रीय सदस्यको हस्ताक्षरसहित निर्वाचन आयोग पुगेको छ।

वैधानिक नेकपा आफू रहेको जानकारी, प्रमाण र मंगलबार केन्द्रीय समिति बैठकले गरेका निर्णयसहित स्थायी समिती सदस्य लीलामणि पोखरेल लागयतका नेता आयोग पुगेका हुन्।

आधिकारिकताका लागि चाहिने सबै प्रमाणहरु पु¥याएर आफूहरु आयोगमा आएको नेता पोखरेलले बताए।

‘हामी वैधानिक हौँ भन्ने सबै प्रमाण लिएर आएका छौँ’, नेपालखबरसँग नेता पोखरेलले भने, ‘केहीबेरमा दर्ता प्रक्रिया अगाडि बढ्छ।’

आधिकारिक पार्टी हुन बहुमत सदस्य र ती सबैको विवरण, नागरिकतासहित सनाखत, हस्ताक्षर हुनुपर्ने व्यवस्था रहेको छ। आधिकारिकता प्रमाणित भएपछि निर्वाचन आयोगले यसअघि नै प्रयोग गर्दै आएको पार्टीको नाम, चुनाव चिह्न पनि बहुमत सदस्य भएको पक्षले दिनेछ।

नेकपाको ४४६ केन्द्रीय सदस्यमध्ये ४४१ बहाल रहेको र त्यसमा पनि ३१५ केन्द्रीय सदस्य आफ्नो पक्षमा रहेको प्रचण्ड नेपाल समूहले दावी गरेको छ।

सोमबार स्थायी समिति सदस्य लीलामणि पोखरेलले निर्वाचन आयोग पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्ष पदबाट हटाइएको र केन्द्रीय सदस्यको बहुमत प्रचण्ड(नेपालका पक्षमा रहेको जानकारी दिएका थिए।

त्यस्तै सोमबार नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली समूहले पनि पार्टी केन्द्रीय समितिमा हेरफेर गरेको जानकारी आयोगलाई दिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .