ad ad

राजनीति


ओलीको तानाशाही कदमलाई सर्वोच्चले रोक्ने विश्वास छः प्रकाशमान सिंह

ओलीको तानाशाही कदमलाई सर्वोच्चले रोक्ने विश्वास छः प्रकाशमान सिंह

नेपालखबर
फागुन ३, २०७७ सोमबार १०:१२,

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो तानाशाही शासन तन्काउन निर्वाचन गर्ने घोषणा गरेको बताएका छन्।

प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसले गरेको देशव्यापी प्रदर्शनको क्रममा कास्कीमा आयोजित विरोध सभामा नेता सिंहले ओलीले घोषणा गरे पनि निर्वाचन नहुने ठोकुवा गरे।

सिंहले भने, ‘उनले तानशाही शासन तन्काउन हुनै नसक्ने चुनाव घोषणा गरे। शासन लम्बाउन कसैलाई प्रलोभनमा फसाउन सकिन्छ कि भनेर उनले चुनावको चाल चलेका हुन्।’

अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गर्दै उनले भने, ‘प्रतिनिधिसभा विघटनको मुद्दा अहिले सर्वोच्च अदालतमा छ। अब न्यायमूर्तिहरुले न्याय दिँदा संविधानको व्यवस्था र भावनालाई हेरेर दिनुहुन्छ भन्ने विश्वास छ।’

तत्कालीन समयमा राजा ज्ञानेन्द्रले गठन गरेको शाही आयोग सर्वोच्चले असंवैधानिक ठहर गरेजस्तै अहिलेको ओलीको कदम पनि सर्वोच्चबाट असंवैधानिक ठहर हुने उनको विश्वास छ।

संसद पुनर्बहाली भयो भने नेपालको राजनीतिक नेपालकै हातमा रहने तर विघटन सदर भए मुलुकमा शक्तिकेन्द्रहरुको चलखेल बढ्ने उनले बताए।

उनले संसदीय व्यवस्थाको सुन्दर पक्ष चेक एन्ड ब्यालेन्स भएको बताए। कार्यपालिकाले व्यवस्थापिका माथि प्रहार गर्दा न्यायपालिकाले सच्याउनुपर्ने उनको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .