ad ad

राजनीति


भारतका गृहमन्त्रीले नेपालमा सरकार बनाउँछु भन्नु प्रधानमन्त्री ओली–रअ प्रमुख भेटको परिणाम: भीम रावल

भारतका गृहमन्त्रीले नेपालमा सरकार बनाउँछु भन्नु प्रधानमन्त्री ओली–रअ प्रमुख भेटको परिणाम: भीम रावल

नेपालखबर
फागुन ४, २०७७ मंगलबार ५:४५,

आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीम रावलले भारतको त्रिपुरा राज्यका मुख्यमन्त्रीले नेपालको स्वाधीनताविरुद्ध दिएको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर निकाय ‘रअ’का प्रमुख सामन्त गोयलबीच भेटवार्ताको परिणाम भएको आरोप लगाएका छन्।

भारतको त्रिपुरा राज्यका मुख्यमन्त्री विप्लवकुमार देवले आफ्ना केन्द्रीय गृहमन्त्री अमित शाहले आफू आबद्ध दल भारतीय जनता पार्टीले नेपालमा पनि सरकार बनाउने योजना बनाइरहेको भनेर दाबी गरेका थिए। जुन कुरा भारतीय सञ्चारमाध्यममा आएका थिए।

याे पनि : भारतका गृहमन्त्री शाहले नेपालमा पनि आफ्नो पार्टीको सरकार बनाउने योजना बनाइरहेको दाबी !

यसो भन्ने आँट गर्नु हाम्रा प्रधानमन्त्री ओलीले रअ प्रमुख गोयललाई मध्यराति बालुवाटार (प्रधानमन्त्री निवास) मा भेट दिनुको परिणाम भएको नेता रावलले टिप्पणी गरेका हुन्।

‘हालै भारतीय गृहमन्त्रीलाई उधृत गर्दै त्यहाँका एक जना मुख्यमन्त्रीले नेपालको स्वाधीनता र स्वाभिमानका विरूद्ध दिएको अभिव्यक्ति निन्दनीय छ,’ रावलले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो प्रम केपीको बालुवाटारमा राति भारतीय गुप्तचर प्रमुखसँगको गोप्य मन्त्रणाको परिणाम हो। नेपालविरोधी कुनै पनि कामकुरा देशभक्त नेपालीलाई सह्य छैन।’

याे पनि :  प्रधानमन्त्री ओलीसँग ‘रअ’का प्रमुखको भेटबारे उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक गरे यी ६-बुँदे भनाइ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .