ad ad

राजनीति


प्रतिनिधि सभा विघटन र महँगीविरुद्ध प्रचण्ड–नेपाल समूहले मानव साङ्लोले घेर्‍यो टुँडिखेल

प्रतिनिधि सभा विघटन र महँगीविरुद्ध प्रचण्ड–नेपाल समूहले मानव साङ्लोले घेर्‍यो टुँडिखेल

नेपालखबर
फागुन ६, २०७७ बिहिबार १०:३१,

प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मानव साङ्लो बनाएर टुँडिखेललाई घेरेको छ।

प्रतिनिधि सभा विघटनविरुद्ध चौथो चरणको आन्दोलनलमा रहेको नेकपाले बिहीबार अपरान्ह ४ बजेदेखि एक घण्टाका लागि काठमाडौँको टुँडिखेललाई मानव साङ्लोले घेरेको हो।

प्रतिनिधि सभा विघटन, महँगी, मूल्यवृद्धि आदिको विरोधमा बिहीबार दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेल मानव साङ्लोले घेर्न लागिको नेकपाका केन्द्रीय सदस्य सूर्य सुवेदी पथिकले जानकारी दिए।

manabsanglo2

 टुँडिखेल घेराउमा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीलाई रत्नपार्कको आकासेपुलदेखि भद्रकाली, भद्रकालीदेखि सुन्धारासम्म विद्यार्थी संगठनका नेता–कार्यकर्ता, मजदुरहरुलाई भोटाहिटीदेखि रत्नपार्कको आकासे पुलसम्म रहने गरी स्थान विभाजन गरिएको उनले जानकारी दिए।

 manabsanglo

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .