ad ad

राजनीति


भारतीय प्रधानमन्त्री मोदीको पार्टीका एक नेता पक्राउ, बंगलादेशी नागरिक भएको आरोप (भिडिओ)

भारतीय प्रधानमन्त्री मोदीको पार्टीका एक नेता पक्राउ, बंगलादेशी नागरिक भएको आरोप (भिडिओ)

नेपालखबर
फागुन ९, २०७७ आइतबार ११:२८,

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टी (बीजेपी) का एक नेतालाई अवैध नागरिक भएको आरोपमा प्रहरीले पक्राउ गरेको छ।

बीबीसी हिन्दीका अनुसार बंगलादेशी नागरिक भएको खुलासा भएपछि बीजेपी पार्टीको भ्रातृ संगठन अल्पसंख्यक शाखाका उत्तर मुम्बई प्रमुख रुबेल जोनु शेखलाई प्रहरीले पक्राउ गरेको हो।

मुम्बई प्रहरीका डीएसपी एस चैतन्यले सञ्चारमाध्यमसँग भनेका छन्, ‘हामीले झुटो दस्तावेज राखेको आरोपमा उनलाई पक्राउ गरेका हौं।’

घटनाका विषयमा भारतीय कांग्रेसका नेता सचिन सावन्तले सामाजिक सञ्जालमार्फत प्रश्न उठाएका छन्, ‘बीजेपीको उत्तर मुम्बईको अल्पसंख्यक शाखाको जिल्ला अध्यक्षजस्तो महत्वपूर्ण पदमा रहेका व्यक्ति रुबेल शेख बंगलादेशी नागरिक रहेछन् ! के नागरिकता सम्बन्धनमा बीजेपीको छुट्टै नीति छ? यसको जवाफ दिनुपर्छ।’  

सुन्नुहोस्, भिडिओ :

अहिले सामाजिक सञ्जालमा बीजेपी सांसदसँग रुबेल शेख बसेको एक तस्बिर व्यापक सेयर भइरहेको बीबीसी हिन्दीले जनाएको छ।

गोपाल सेट्टीले रुबेल शेख बीजेपीअन्तर्गत उत्तर मुम्बईको अल्पसंख्य शाखाका प्रमुख रहेको तर अहिले पदबाट बर्खास्त गरिएको बताएका छन्।

यस्तै महाराष्ट्र राज्यका गृहमन्त्री अनिल देशमुखले शुक्रबार भनेका छन्, ‘रुबेल शेखले फर्जी कागजातका आधारमा भारतीय नागरिकता लिएका रहेछन्। यसबारे अनुसन्धान भइरहेको छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .