ad ad

राजनीति


म्यान्मार सैन्य कूः भ्रष्टाचारको अभियोगमा सुचीलाई १५ वर्ष जेल सजाय!

म्यान्मार सैन्य कूः भ्रष्टाचारको अभियोगमा सुचीलाई १५ वर्ष जेल सजाय!

नेपालखबर
चैत ५, २०७७ बिहिबार ५:५७,

सैन्य शासन लागू गर्न उचित भएको देखाउन सेनाले सुचीमाथि दोहोर्‍याउँदै विभिन्न मुद्दाहरुमा दोषी ठहर्याउन थालेको हो।

सरकारी टेलिभिजन एमआरटीभीका अनुसार भ्रष्टचारविरुद्धको कानुन उल्लंघन गरेको सुचीलाई १५ वर्षको जेल सजाय हुनसक्छ।

टेलिभिजनमा सार्वजनिक एक रिपोर्टमा से पाइङ कन्सट्रक्सनका प्रमुख मुआङ विकले सुचीलाई सन् २०१८ देखि २०२० सम्म ५ लाख ५० हजार अमेरिकी डलर घुस दिएको स्वीकारेका छन्।

यस्तै सुचीले ड खिन की फाउन्डेसनमा सहयोग गरिएको रकम आफ्नो फाइदाको लागि प्रयोग गरेको पनि आरोप लागेको छ।

गत फेब्रुअरी १ मा सेनाले सुचीको पार्टीले गत नोभेम्बरको चुनामा धाँधली गरेर बहुमत ल्याएको बताउँदै सैन्य कु गरेको थियो।

Myanmar coup: Tensions rise between protesters and police | Euronews

हाल एक वर्षसम्म त्यहाँ संकटकाल घोषणा गरिएको छ। साउथ चाइना मर्निङ पोस्टका अनुसार सुची, राष्ट्रपति विन मिन्टसहित अन्य शीर्ष नेताहरु अहिले सेनाको नजरबन्दमा छन्।

हजारौंले सैन्य कूको विरोध गर्दै आएका छन्। यसबीचमा २ सयभन्दा बढी प्रदर्शनकारीको सेना तथा प्रहरीको गोली लागेर मृत्यु भएको छ। एससीएमपी

याे पनि: यी हुन् म्यानमारको सत्ता कब्जा गर्ने शक्तिशाली सेनापति

म्यान्मारका प्रहरी भन्छन्ः प्रदर्शनकारीमाथि गोली चलाउने आदेश आएपछि देश छाड्यौं

सत्ता हत्याएपछि म्यानमारको सेनाः वास्तविक लोकतन्त्र अभ्यास गर्नेछौं, चुनाव जित्नेलाई सत्ता सुम्पिन्छौं

म्यान्मारमा सैन्य कूविरुद्ध प्रदर्शन, जलाइन थाले चिनियाँ होटल तथा कारखाना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .