ad ad

राजनीति


प्रदेश प्रमुख डा.अहिराजद्वारा वरिष्ठ लोकतन्त्रवादी नेता यादवलाई सम्मान

प्रदेश प्रमुख डा.अहिराजद्वारा वरिष्ठ लोकतन्त्रवादी नेता यादवलाई सम्मान

नेपालखबर
चैत १०, २०७७ मंगलबार १५:४९,

वरिष्ठ लोकतन्त्रवादी नेता भरत विमल यादवलाई प्रदेश २ का प्रमुख डा.राजेश अहिराजले सम्मान गरेका छन्।

मंगलबार प्रदेश प्रमुख डा.अहिराजले जनकपुरधामस्थित वरिष्ठ लोकतन्त्रवादी नेता यादवको निवासमै पुगेर पुष्पगुच्छा दिएर खादा ओढाइ सम्मान गरेका छन्।

‘नागरिक सर्वोच्चता नै लोकतन्त्रको आधार हो। समाजका अगुवा नागरिकसँग भेटघाटको कार्यक्रम अन्तर्गत आज सदाचारी नेता भरत बिमलजीसँग प्रदेश प्रमुखज्यूले भेटघाट गर्नुभएको छ,’ प्रदेश २ प्रमुख कार्यालयका सचिव ध्रुव गैडाले बताएका छन्।

वरिष्ठ लोकतन्त्रवादी नेता यादवले आफूलाई प्रदेश प्रमुख डा.अहिराजले निवासमै आएर सम्मान गर्दा आफूले लोकतन्त्रका लागि संघर्षको कदर भएको बताए।

उनले आजसम्म लोकतन्त्रका लागि यति संघर्ष गर्दा पनि कुनै पनि दलले कहिल्यै सामान्य सोधपुछ समेत नगरेको तर प्रदेश प्रमुख डा.अहिराजको यो सम्मान उनको सरलतालाई दर्साएको बताए।

भेटघाटको क्रममा समसामयिक राजनीतिक तथा प्रदेशको अवस्थाबारे कुराकानी भएको प्रदेश प्रमुख कार्यालयका सचिव गैडाले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .