ad ad

राजनीति


सय करोड असुली प्रकरण : महाराष्ट्रका गृहमन्त्रीविरुद्ध छानबिन हुने

सय करोड असुली प्रकरण : महाराष्ट्रका गृहमन्त्रीविरुद्ध छानबिन हुने

नेपालखबर
चैत १५, २०७७ आइतबार १०:४४,

भारतीय राज्य महाराष्ट्रका गृहमन्त्री अनिल देशमखुले प्रहरीलाई मासिक सय करोड असुल गर्न निर्देशन दिने गरेको आरोप सम्बन्धमा छानबिन हुने भएको छ।

मुख्यमन्त्री उद्धव ठाकरेले यस प्रकरणबारे अनुसन्धानका लागि आदेश दिएका हुन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उच्च अदालतका अवकाश प्राप्त न्यायाधीशले गृहमन्त्री देशमुखको आरोप प्रकरणको अनुसन्धान गर्ने छन्। यो जानकारी उनलाई दिइएको छ।

भारतका प्रसिद्ध उद्योगपति मुकेश अम्बानीको घरछेउ विस्फोटक पदार्थ र धम्कीयुक्त पत्ररसहित स्कार्पियो गाडी छाडिएको प्रकरणमा मुम्बईका तत्कालीन सहायक प्रहरी निरीक्षक सचिन वझे पक्राउ परेपछि प्रहरी आयुक्तबाट हटाइएका परमवीर सिंहले आफ्ना राज्य (महाराष्ट्र) का गृहमन्त्री अनिल देशमुखले वझेलाई विभिन्न व्यवसायीबाट महिनाको सय करोड उठाएर आफूलाई बुझाउन निर्देशन दिएको आरोप लगाएका हुन्।

आफू प्रहरी आयुक्त पदबाट हटाइएपछि उनले मुख्यमन्त्री ठाकरेलाई पत्र पठाउँदै गृहमन्त्री देशमुखले त्यसरी मासिक सय करोड असुलीका लागि प्रहरी अधिकारी वझेलाई अह्राएको आरोप लगाएपछि गृहमन्त्री देशमुख विवादमा तानिएका हुन्। विपक्षी दललगायतले विरोध गर्दै उनको राजीनामा मागेपछि उनी आफैंले मुख्मन्त्रीलाई चिठी लेख्दै आफूलाई लागेको आरोपको निष्पक्ष छानबिन गर्न माग गरेका थिए।

यो पनि : प्रहरीबाट मासिक सय करोड असुल्ने गरेको आरोप लागेका महाराष्ट्रका गृहमन्त्रीले मुख्यमन्त्रीलाई लेखे चिठी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .