प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरू माधवकुमार नेपाल र भीम रावललाई ६ महिनाका लागि पार्टीका साधारण सदस्यताबाट समेत निलम्बन गर्नुलाई ओली पक्षका नेताले बदला रूपमा लिएका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आक्रामक टिप्पणी गरेको लगत्तैजसो प्रधानमन्त्रीकै विश्वास पात्र मानिने पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाले पनि त्यस्तै किसिमको प्रतिक्रिया व्यक्त गरेका हुन्।
कारबाही गरिएको भन्ने खबरपछि माधवकुमार नेपालले एमाले बनाउन ओलीकै भूमिकै थिएन भनेर प्रतिक्रिया दिएको भन्दै ओली समूहका नेता बास्कोटाले नेता नेपाललाई नेकपा हुँदा अध्यक्ष ओलीलाई के हैसियतमा कारबाही गरेको भनेर प्रश्न गरेका हुन्।
नेता नेपाल र रावललाई एमालेबाट निलम्बन गरिएकोबारे सूर्य थापाको आक्रामक प्रतिक्रिया
प्रतिक्रिया