नेकपा एमालेका पोलिटब्युरो सदस्य डाक्टर विजय पौडेलले अध्यक्ष केपी शर्मा ओलीले थोरै मात्र लचकता अपनाउने हो भने पार्टी एकता र सरकार दुवै जोगिने दाबी गरेका छन्।
एमालेभित्र ओली र माधवकुमार नेपाल समूहबीचको मतभेद उत्कर्षमा पुगेका बेला नेपाल पक्षका नेता डा. पौडेलले पार्टी र सरकार जोगाउन अध्यक्ष ओलीले बोल्नुपर्ने वाक्यसमेत उल्लेख गरेका हुन्।
बुधबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्री ओलीले गल्ती स्वीकार गर्न नसक्दा कम्युनिस्ट आन्दोलन र लोकतन्त्र नै धरापमा पर्न लागेको आरोप लगाएका छन्।
‘केपी शर्मा ओलीले यति वाक्य बोल्दा कम्युनिस्ट एकता र सरकार दुवै जोगिन्छन्– ‘आउनुहोस्, एकता जोगाऊँ। म आफ्नो गल्ती स्वीकार्न तयार छु, तपाईंहरू पनि आआफ्नो गल्ती स्वीकार्न तयार हुनुहोस्,’ डा. पौडेलले लेखेका छन्, ‘यति भन्न नसक्दा देश, कम्युनिस्ट आन्दोलन र लोकतन्त्रले ठूलो क्षति बेहोर्ने भो।’
प्रतिक्रिया