ad ad

राजनीति


स्पेन भ्रमण सकेर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

स्पेन भ्रमण सकेर अध्यक्ष तिमिल्सिना स्वदेश फिर्ता

नेपालखबर
बैशाख १, २०७८ बुधबार १३:४८,

लुम्बिनी गार्डेन प्रोजेक्टको शान्ति सम्मेलनमा सहभागी हुन स्पेन गएका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना स्वदेश फर्किएका छन्।

स्पेनको एक्सत्रेमदुरा प्रान्तको काथेरेस शहरमा भएको शान्ति सम्मेलन लागि चैत्र २३ गते सोमबार १० सदस्यीय नेपाली टोलीको नेतृत्व गर्दै पुगेका अध्यक्ष तिमिल्सिना बुधवार स्वदेश फर्केका हुन्।

भ्रमण सकेर स्वदेश फर्केका उनले सम्मेलन गौतम बुद्ध जन्मभूमि नेपाल र बुद्धको शान्ति सन्देश विश्वभर फैलाउने उद्देश्यले भएकाले निकै उपलब्धिमूलक भएको जानकारी दिए।

शान्ति सम्मेलन लुम्विनी गार्डेन फाउन्डेसन, स्पेन, एक्सत्रेमदुरा प्रान्त र सोही प्रान्तको काथेरेस नगरपालिकाको संयुक्त आयोजना भएको थियो।

सम्मेलनका अलवा अध्यक्ष तिमिल्सिनले विभिन्न उच्च स्तरीय भेटघाट गरेका थिए। सो भेटघाटहरु नेपाल स्पेनको कूटनीतिक सम्बन्ध मजबुद बनाउन तथा दुई पक्षीय साझेदारीका लागि निकै उपलब्धिमुलक भएको बताए।

अध्यक्ष तिमिल्सिनाले शान्ति सम्मेलनको उद्घाटन गर्दै स्पेनको एक्सत्रेमदुरा प्रान्तको सदनमा सम्बोधन गरेका थिए। त्यसैगरी सम्मेलनको दोस्रो दिन स्पेनको ऐतिहासिक क्याथेरेस नगरपालिकामा भएको कार्यक्रममा उनले नेपालमा शान्ति र लोकतन्त्रको विकास बारे आफ्नो अनुभव सहितको सम्बोधन गरेका थिए।

भ्रमणका क्रममा अध्यक्ष तिमिल्सिनाले स्पेनको उपल्लो सदन (सिनेट) का अध्यक्ष पिलर लप क्विनका, स्पेन सरकारका उपप्रधानमन्त्री कार्वेन कल्भो, एक्सत्रेमदुरा प्रान्तका मुख्यमन्त्री , सभामुख, मन्त्रीहरु, सांसदलगायत विशिष्ट व्यक्तिहरुसँग भेटघाट गरेका थिए।

अध्यक्ष तिमिल्सिनाको स्वागतमा स्पेनमा रहेका गैरआवसीय नेपाली संघ, उनको गृहजिल्ला पर्वतबाट स्पेनमा बसोबास गर्ने नागरिक सम्बद्ध संघ–संस्थाले विभिन्न कार्यक्रमको आयोजना गरेका थिए।

अध्यक्ष तिमिल्सिना नेतृत्वको प्रतिनिधिमण्डलमा स्पेनका लागि नेपाली राजदूत दावा फुटी शेर्पा, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी र प्रमुख कार्यकारी अधिकृत शिवप्रसाद रेग्मी, रामग्राम नगरपालिका प्रमुख नरेन्द्रकुमार गुप्‍ता, कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंह, देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्री र उपप्रमुख विद्यालक्ष्मी गुरुङ, संघीय संसद सचिवालयका शाखा अधिकृत सपना सापकोटा र लुम्बिनी गार्डेन प्रोजेक्ट, स्पेनका प्रमुख आर्किटेक्ट उज्ज्वल मान शाक्यसमेत सहभागी थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .