ad ad

राजनीति


भीडभाड कम गर्न धनुषा प्रशासनले दिन र पालिका अनुसार सेवा प्रवाह गर्ने

भीडभाड कम गर्न धनुषा प्रशासनले दिन र पालिका अनुसार सेवा प्रवाह गर्ने

शैलेन्द्र महतो
बैशाख ९, २०७८ बिहिबार १६:१६,

दोश्रो चरणमा कोरोनाको लहर बढ्दै गएपछि भीडभाड कम गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले दिन तोकेर पालिका अनुसार सेवा प्रवाह गर्ने भएको छ।

वैशाख १२ गते आइतबारदेखि दिन अनुसार पालिकाहरुलाई सेवा प्रदान गरिने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ।

जिल्लाको १८ वटा पालिकाहरुलाई दिन अनुसार सेवा प्रदानको लागि सूचना गरी गरेको छ। सबैला, गणेशमान चारनाथ र नगराइन नगरपालिकालाई आइतबार सेवा प्रदान गर्ने छ भने मिथिलाबिहारी, क्षिरेश्वरनाथ र धनुषाधाम नगरपालिकाको सेवा सोमबार प्रवाह गर्ने छ।

यस्तै मंगलबार मुखियापट्टी मुसहरनिया गाउँपालिका, मिथिला नगरपालिका र बटेश्वर गाउँपालिकाको सेवा दिइने छ। त्यसैगरी बुधबार लक्ष्मीनिया गाउँपालिका, हंशपुर नगरपालिका र जनकनन्दनी गाउँपालिकाको सेवा प्रवाह गरिने सूचनामा उल्लेख छ।

बिहीबार औरही गाउँपालिका, सहिदनगर र विदेहनगर नगरपालिकाको सेवा प्रवाह गरिने छ भने शुक्रबार मात्र जनकपुरधाम उपमहानगरपालिकाको सेवा प्रवाह गरिने प्रशासन कार्यालयले जनाएको छ।

त्यसै गरी संघसंस्था दर्ता र नविकरण आइतबारदेखि बुधबारसम्म र पत्रपत्रिका, छापाखाना दर्ता तथा विधान संशोधनको सेवा प्रवाह बिहीबार र शुक्रबार मात्र गरिने जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .