ad ad

राजनीति


पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय

पूर्वनिर्धारित सबै परीक्षा स्थगित गर्ने निर्णय

नेपालखबर
बैशाख १२, २०७८ आइतबार १६:१९,

सरकारले पूर्वनिर्धारित सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ।

आइतबार सिंहदरबारमा बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) बैठकले सबै तहका पूर्वनिर्धारित परीक्षा स्थगित गर्ने निर्णय गरेको हो।

बैठकपछि सचिव तथा सीसीएमसी सचिवालयका संयोजक खगराज बरालद्वार जारी विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०७८ साल बैशाख १२ गते बसेको सीसीएमसी निर्देशक समितिको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट मात्र पठनपाठन जारी राख्ने र भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित सबै प्रकारका परीक्षाहरु अर्को आदेश नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो विज्ञप्ति जारी गरिएको छ।’

आज बसेको सीसीएमसी बैठकले तराई तथा शहरी जिल्लामा पाँच सय र पहाडका जिल्लामा दुई सय संक्रमित देखिए लकडाउन गर्ने अधिकार स्थानीयस्तरलाई दिएको छ।

सहरमा ५ सय र पहाडी जिल्लामा २ सय संक्रमित कटे स्थानीय लकडाउन गर्नसक्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .