ad ad

राजनीति


सरकारले गण्डकीका सांसद अपहरण गर्‍यो : राष्ट्रिय जनमोर्चा

सरकारले गण्डकीका सांसद अपहरण गर्‍यो : राष्ट्रिय जनमोर्चा

नेपालखबर
बैशाख १५, २०७८ बुधबार १०:५०,

राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्नो पार्टीका सांसदलाई सरकारले अपहरण गरेको जनाएको छ।

पार्टीका महासचिव मनोज भट्टले गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीलाई मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका मान्छेहरुले अपहरण गरेर अज्ञात स्थल लुकाएको आरोप लगाए।

अविश्वास प्रस्तावमाथि प्रदेश सभाको बुधबारको बैठकमा भएको छलफलमा शाही उपस्थित नभएपछि उनको खोजी भएको थियो।

छलफललगत्तै प्रस्तावमाथि मतदानको तयारी सुरु हुँदा समेत शाही प्रदेश सभामा देखा नपरेपछि उनको खोजी तीव्र पारिएको थियो।

शाही फोन अफ गरी सम्पर्कविहीन भएपछि पार्टी नेतृत्वले समेत केन्द्रबाट निरन्तर खोजि गर्दा पनि नभेटिएपछि उनको अपहरण गरिएको हुनसक्ने महासचिव भट्टले बताए।

‘उहाँ विरामी भएर कोठामा जानुभएको थियो, मतदानको बेलामा मलाई खबर गर्नुहोला म आउँछु पनि भन्नुभएको थियो,’ भट्टले भने, ‘तर अहिलेसम्म पनि उहाँको स्थिति अज्ञात छ। उहाँलाई अपहरण गरेर अविश्वासको प्रस्ताव फेल गर्ने सरकार पक्षको षडयन्त्र हुनसक्छ।’

आफूहरुले शाहीको स्थिति प्रष्ट नहुँदा सम्मको लागि प्रदेश सभाको बैठक स्थगित गर्न माग गरेको भट्टले बताए।

‘मतदानको प्रक्रिया रोकिदैछ,’ उनले भने।

यो पनिः अविश्वास प्रस्तावमा मतदानअघि सांसद शाही सम्पर्कविहीन

शाही बाग्लुङ क्षेत्र २ ख बाट उपनिर्वाचनमा निर्वाचित भएका हुन्।

राजमोले केन्द्रीयतहबाट नै अविश्वासको मतको पक्षमा उभिने निर्णय गरेको थियो।

प्रदेश सभामा कांग्रेसको १५ र माओवादीको १२ सांसद छन्। माओवादीबाट नेत्रनाथ अधिकारी सभामुख छन्।

उनले मतदान गर्न पाउँदैनन्। जनता समाजवादी पार्टीका २ सांसद छन् भने राजमोका तीन सांसद छन्।

गण्डकी प्रदेशमा एमालेका १ जनामात्र माधव नेपाल पक्षका सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .