कोरोना संकट व्यवस्थान समिति (सीसीएमसी) को बैठक सिंहदरबारमा जारी छ। पछिल्ला केही दिनदेखि कोरोना तीब्र गतिमा फैलिएपछि थप रणनीतिबारे छलफल हुने एक सदस्यले जानकारी दिए।
‘बिरामीको संख्या दिनदिनै बढ्दै गएको छ, अस्पताल भरिभाराउ छन्, अब संक्रमितलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल हुन्छ र थप निर्णय हुन्छ’, उनले नेपाल खबरसँग भने।
शुक्रबार स्वास्थ्य मन्त्रालयले अपिल जारी गर्दै अस्पतालमा बिरामीको उपचारका लागि अब शय्या उपलब्ध हुन नसक्ने जानकारी गराएको छ। अहिले १५ जिल्लामा निशेधाज्ञा जारी गरिएको छ।
तर संक्रमितको संख्या बढ्दै गएपछि यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा सीसीएमसी छलफलमा जुटेको हो।
3
Shares
प्रतिक्रिया