ad ad

राजनीति


देउवा-प्रचण्ड भेट : माधव नेपाल समूहको निर्णयपछि कदम चाल्ने

देउवा-प्रचण्ड भेट : माधव नेपाल समूहको निर्णयपछि कदम चाल्ने

नेपालखबर
बैशाख ३०, २०७८ बिहिबार १०:३०,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सकिएको छ।

देउवा निवास बूढानीलकण्ठमा भएको छलफलमा नयाँ सरकारको दावी पेश गर्नेबारे छलफल भएको जनाइएको छ।

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समयसीमाको आज अन्तिम दिन हो।

दावी पेश गर्ने अन्तिम दिनसम्म पनि बहुमतको टुंगो नलागेपछि नेताहरुले राजनीतिक भेटवार्ता तीब्र पारेका छन्।

स्रोतका अनुसार देउवा र प्रचण्ड माधव नेपाल समूहको कमद हेरेर अगाडि बढ्ने निर्णयमा पुगेका छन्।

बिहानमात्र देउवाले जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका थिए।

यता प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच पनि छलफल चलिरहेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .