समाजवादी पार्टी, नेपालका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सत्तारुढ दलका नेताप्रति कटाक्ष गरेका छन्।
गोरखा दरबारको पुनर्निमाणलाई लिएर डा. भट्टराईले सत्तारुढ दलका नेताप्रति कटाक्ष गरेका हुन्।
अर्का अध्यक्ष उपेन्द्र यादवसहित गृह जिल्लाको कार्यक्रमा रहेका डा. भट्टराईले आइतबार गोरखा दरबारको पुनर्निर्माणको अनुगमन गरेका छन्।
भूकम्पमा क्षतिग्रस्त बनेको गोरखा दरबार पुनर्निमाण वर्षौदेखि अलपत्र परेको ठेकेदार गाएब भएको र सत्तारुढ दलका नेतचाको संरक्षण पाएका ठेकेदारलाई कारबाही गर्न पुरातत्व विभागका कर्मचारी डराएको उनको आरोप छ।
'गोरखाको प्रमुख पर्यटक आकर्षणको केन्द्रलाई सत्यानाश गरेर अझै समृद्धिको डिंग हाँक्ने कमरेडहरूलाई कति कुरीकुरी भन्ने’, सामाजिक सञ्जाल फेसबुकमा आइतबार स्टाटस लेख्दै अध्यक्ष भनेको छन्, ‘ घुष् लिन्या र दिन्या दुवै जनताका शत्तुर् हुन् भन्ने पथ्वीनारायणले ब्रह्माण्डको कुनै कुनाबाट यो तमाशा हेरिरहेका भए के भनिरहेका होलान्?’
त्यस्तै सामाजिक सञ्जाल ट्वीटरमा डा. भट्टराईले पहाड र मधेसबीचमा भावनात्मक एकता कायम गर्न आफूले पार्टी अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवका साथ गोरखा दरबार संग्रहालय अवलोकन गरेको उल्लेख गरेका छन्।
Shares
प्रतिक्रिया