तयारी नपुगेको भन्दै आज साँझका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित गरिएको छ।
एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बजेट समिक्षा लगायतका विषयमा छलफल गर्न बस्न लागेको सो बैठक सरेर अब सोमबार बिहान १० बजे बस्ने भएको बताए।
सो बैठकमा नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गर्ने १२ जना सांसदलाई सोधिएको स्पष्टीकरणको विषयमा पनि छलफल हुने बताइएको थियो।
‘आजको बैठक तयारी नपुगेर स्थगित गरिएको हो। बजेटको समीक्षासहितको विषयमा आज बैठक बस्न लागेको लागेको थियो,’ तामाङले नेपालखबरसँग भने, ‘१२ जना एमाले सांसदलाई सोधिएको स्पष्टीकरण विषय पार्टीको आन्तरिक जीवनको कुरा हो। यो विषयमा पनि छलफल हुने थियो।’
प्रतिक्रिया