नेपाल कम्युनिस्ट पार्टी (एमाले)को स्थायी कमिटी बैठक अनिश्चितकालका लागि स्थागित भएको छ।
एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बैठक स्थगित भएको जानकारी दिएका हुन्।
उनले भनेका छन्, ‘एमाले स्थायी कमिटीको बैठक अर्को सूचना नभएसम्मको लागि स्थगित गरिएको जानकारी गराइन्छ।’
यसअघि बुधबार पनि बैठक सारिएको थियो। त्यसअघि एमाले स्थायी कमिटी बैठक मंगलबार बसेको थियो। मंगलबारको बैठकले माधव नेपाल लगायतका केही नेताहरु पार्टीमा नफर्किने निष्कर्ष निकालेको थियो।
दुई पटक स्थगित भई मंगलबारमात्र बैठक बसेको थियो।
3
Shares
प्रतिक्रिया