आसन्न महाधिवेशनको लागि नेपाली कांग्रेसका तीन प्रभावशाली नेताबीच शुक्रबार छलफल गरेका छन्।
उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला र नेता प्रकाशमान सिंहहरुबीच कोइराला निवास महाराजगञ्जमा भेट गरी शुक्रबार दिउँसो छलफल भएको हो।
पार्टीको महाधिवेशनकै विषयमा केन्द्रित रहेर छलफल भएको कोइरालाका प्रमुख स्वकीय सचिव भरत तिवारीले नेपालखबरलाई जानकारी दिए।
मुख्यगरी महाधिवेशनकै सन्दर्भमा केन्द्रित रहेर छलफल भइरहेको छ,’ तिवारीले भने, ‘तीन नेताबीच ताजा राजनीतिक अवस्थाको बारेमा पनि कुराकानी त हुन्छ नै।’
यसअघि असार ४ गते पनि पार्टी कार्यालय सानेपामा यी तीन नेताहरुले छलफल गरेका थिए।
त्यसपछि असार ७ गते निधिको निवास बानेश्वरमा तीनै नेताले लञ्चसहितको बैठक गरेका थिए।
कांग्रेसको भदौ १६ देखि हुने १४औं महाधिवेशनमा उनीहरुले सभापतिको उम्मेदवारी दिने तयारी गरेका छन्।
सभापतिमा शेरबहादुर देउवा र रामचन्द्र पौडेलले समेत दाबी गरेपछि दोस्रो तहबाट सभापति बनाउन तीन नेताहरुले आपसमा निरन्तर छलफलमा गरिरहेको बताइएको छ।
प्रतिक्रिया