नेपाली कांग्रेसका नेता राधेश्याम अधिकारीले अहिले राणाकालिन बडाहाकिमको जस्तो शासन व्यहोर्नु परेको बताएका छन्।
राष्ट्रिय सभामा बोल्दै अधिकारीले प्रमुख जिल्ला अधिकारीमार्फत कहिलेसम्म शासन चल्छ भन्दै प्रश्न गरे।
कोरोनाविरुद्धको खोप ल्याउने भनेर जतिसुकै प्रचार गरेपनि सरकार असफल भएको उनले बताए।
'खोप ल्याउने भनेर सरकारले जति प्रचार गरे पनि खोप ल्याउन नसकेको तीतो यथार्थ हो। यसले हाम्रो कुटनीतिक प्रयास कस्तो रहेछ भन्ने यसले देखाउँछ', अधिकारीले भने, 'कोभिड कालमै ३ पटक स्वास्थ्यमन्त्री फेरिएको छ। सीसीएमसीको पुनर्गठन गरेर सेनाकf अवकासप्रप्ता जर्नेललाई गर्न परेको छ। कोरोना खोपमा राजनीतिक नेतृत्व फेल भएको छ।'
पहिलो पटक प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले एकमतले अस्वीकार गरेको अवस्थामा फेरि विघटन गरेर उनले बताए। राजनीतिक र संवैधानिक कुरा मिसियो भने त्यो अदालतले हेर्ने उनको भनाई छ।
विदेशमा कोरोनाको समयमा भएका निर्वाचनलाई देखाएर यहाँ पनि गर्न सकिन्छ भन्न नमिल्ने उनले बताए। कोभिडबारे सरकारको प्रक्षेपण के छ? भन्दै उनले प्रश्न गरे।
सरकार उल्टो दिशामा हिँडेको अधिकारीको आरोप छ। 'प्रधानमन्त्रीले जनताको संसदलाई विश्वास गर्नु भएन। आफ्नो पार्टीलाई जोगाउन सक्नु भएन। आफ्ना सहयोगीलाई समेट्न नसक्नेले प्रतिपक्षीलाई कसरी समेट्नु होला मलाई विश्वास छैन', उनले भने।
प्रधानमन्त्रीका कारण राष्ट्रपतिको गरिमा घटेको उनले बताए। राष्ट्रपतिको प्रतीरक्षा प्रधानमन्त्रीले गरेर मात्र पुग्ला र? उनले प्रश्न गरे।
प्रतिक्रिया