ad ad

राजनीति


चितवन २ मा रवि लामिछाने ९६२ मतले अगाडि, एमालेका पोखरेल दोस्रो

चितवन २ मा रवि लामिछाने ९६२ मतले अगाडि, एमालेका पोखरेल दोस्रो

फाइल तस्बिर


नेपालखबर
मंसिर ६, २०७९ मंगलबार १९:८, काठमाडौँ

चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले मतान्तर बढाउँदै लगेका छन्। 

पछिल्लो मतपरिणामअनुसार लामिछानेले ५ हजार १२८ मत ल्याएका छन्। 

उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णभक्त पोखरेलले ४ हजार १६६ मत ल्याएका छन्।

लामिछाने र पोखरलेबीच यहाँ ९६२ मतको अन्तर भइसकेको छ। 

यसैगर‍ी यहाँ नेपाली कांग्रेसका उमेश श्रेष्ठ ३ हजार ७०६ मतसहित तेस्रो स्थानमा छन्।

यहाँ यसअघि इच्छाकामना र कालिका नगरपालिकाको गणना हुँदासम्म पोखरेल पछाडि थिए। 

तर अहिले भरतपुर बजार क्षेत्रमा गणना पुगेसँगै रवि अघि बढेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .