ad ad

राजनीति


एमालेसँगै कांग्रेसले पनि कटायो समानुपातिकतर्फ १ लाख मत

एमालेसँगै कांग्रेसले पनि कटायो समानुपातिकतर्फ १ लाख मत

नेपालखबर
मंसिर ६, २०७९ मंगलबार २०:१२, काठमाडौँ

नेपाली कांग्रेसले पनि प्रतिनिधिसभाको समानुपातिकतर्फ एक लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार जारी मतगणनामा कांग्रेसले समानुपातिकतर्फ १ लाख १२ हजार २३३ मत ल्याएको छ। 

नेकपा एमाले भने एक लाख २९ हजार ४८० मतसहित समानुपातिकतर्फ पहिलो दलका रुपमा देखिएको छ। 
प्रतिनिसभा र प्रदेशसभा निर्वाचनको संघारमा दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी ५७ हजार ४५४ मतसहित समानुपातिकतर्फ तेस्रो स्थानमा छ।  

नेकपा माओवादी केन्द्र ५१ हजार ७९८ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ३१ हजार ७ मतसहित क्रमशः चौथो र पाँचौ स्थानमा छन्। 

मुलुक विखण्डको राजनीति छाडेर मुलधारको राजनतिमा आएको जनमत पार्टीले मधेश प्रदेशमा पकड जमाएका दलहरुलाई पछि पारेको छ। 

जनमत पार्टी ९ हजार ८४१ मतका साथ छैटौं दल बन्दा जनता समाजवादी पार्टी (जसपा) ९ हजार ७९५ मतका साथ उसलाई पछ्याइरहेको छ। 

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले समानुपातिकतर्फ ७ हजार ११४ मत प्राप्त गरेको आयोगले जनाएको छ। 

स्थानीय तह निर्वाचन २०७९ अघिमात्रै दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले पनि एमाले चोइटिएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीलाई नै पछि पारेको छ। आयोगका अनुसार उन्मुक्तिले ६ हजार ५१४ र एकीकृत समाजवादीले ६ हजार १८६ मत पाएको आयोगको तथ्यांकमा उल्लेख छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .