रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहोराले नेपाली कांग्रेसका उम्मेदवार एवम् गृहमन्त्री बालकृष्ण खाणसँगको अग्रता बढाउँदै लगेका छन्।
ताजा अवस्थमा बोहोराले ५१८ मतान्तरले अग्रता बनाएका छन्। बोहोराले २७ हजार १०० मत ल्याएका छन्।
यता पछि परेका खाणले २६ हजार ५८२ मत पाएका छन्। मतगणनाको सुरुदेखि नै यहाँ बोहोरा र खाणबीच कडा प्रतिस्प्रर्धा चलिरहेको छ।
उनीहरु थोरै मतान्तरले अघिपछि हुने क्रम चलिरहेको छ। विवादका कारण बिहीबार राति केहीबेर मतगणना रोकिएपछि शुक्रबार बिहानबाट सुचारु भएको छ।
1.2k
Shares
प्रतिक्रिया