धनुषा क्षेत्र नम्बर ४ मा नेकपा एमालेका उम्मेदवार रघुवीर महासेठले अग्रता बनाएका छन्।
पछिल्लो परिणामअनुसार कांग्रेसका महेन्द्र यादवलाई पछि पार्दै महासेठ अघि बढेका हुन्।
निर्वाचन अधिकृतको कार्यालयले जारी गरेको ताजा मतपरिणामअनुसार महासेठले २३ हजार ८ सय ५६ मत ल्याएका छन्।
उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका यादवले २३ हजार ७ सय ३७ मत ल्याएका छन्।
यसअघि यहाँ सुरुदेखि नै महासेठ निरन्तर पछि पर्दै आएका थिए।
1.7k
Shares
प्रतिक्रिया