दोलखाको प्रदेश सभा २ बाट नेकपा एमालेका उम्मेदवार भरतबहादुर केसी निर्वाचित भएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले आइतवार सार्वजनिक गरेको परिणामअनुसार भीमेश्वर नगरपालिकाका पूर्वप्रमुखसमेत रहेका केसी १९ हजार ४१४ मतसहित विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत ल्याएका छन्। यहाँ एमाले उम्मेदवार केसी १८ सय १९ मतको अन्तरमा विजयी भएका हुन्।
दोलखाको प्रदेश १ तर्फ भने नेपाली कांग्रेसका कुन्दनराज काफ्ले विजयी हुने पक्का भइसकेको छ। काफ्ले त्यहाँ ८ हजार बढी मतले अगाडि छन्।
117
Shares
प्रतिक्रिया