प्रतिनिधि सभा सदस्यको निर्वाचनअन्तर्गत दोलखामा जारी मतगणनामा सत्ता गठबन्धन र नेकपा एमालेबीच रोचक टक्कर देखिएको छ।
आइतवार अपरान्हसम्म नेकपा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीको अग्रता रहेको अवस्थामा साँझदेखि माओवादी केन्द्रका गंगा कार्कीले उछिनेका छ्न।
जारी मतगणनामा पछिल्लो मतपरिणाम आउँदा माओवादीका कार्की २१ हजार ४१२ मतसहित अघि लागेका छन्। त्यहाँ एमालेका शिवाकोटी २१ हजार १४३ मतसहित पछि परेका छन्। शिवाकोटीलाई कार्कीले २६९ मतले उछिनेका छन्।
हालसम्म ४९ हजार ६३५ मत गनिसक्दा माओवादीका कार्कीले अग्रता बनाएका हुन्।
288
Shares
प्रतिक्रिया