ad ad

राजनीति


एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी

एमाले तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी

नेपालखबर
जेठ २, २०८१ बुधबार ८:१०, तनहुँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन्। मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार २९२ मत प्राप्त गरी उनी विजयी भएका हुन्। 

अध्यक्षका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २०४ मत प्राप्त गरेका निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए। 

यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भएका छन्। 

अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । पाँच सय ८५ मतदातामध्ये पाँच सय ६० जनाले मतदान गरेका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .