ad ad

राजनीति


बंगलादेश : विवादास्पद चुनावमा शेख हसिना विजयी, लगातार चौथोपटक प्रधानमन्त्री

बंगलादेश : विवादास्पद चुनावमा शेख हसिना विजयी, लगातार चौथोपटक प्रधानमन्त्री

नेपालखबर
पुस २३, २०८० सोमबार १०:३७, काठमाडौँ

१५ वर्षदेखि बंगलादेशको प्रधानमन्त्री रहेकी शेख हसिना विवादास्पद चुनाव जितेर लगातार चौथो कार्यकालका लागि पनि पदमै रहने भएकी छन्।  

शेख हसिनाको पार्टी अवामी लिग र उसका सहयोगीले २९९ संसदीय सिटमध्ये कम्तीमा १५२ सिट जितेका हुन्। उम्मेदवारको मृत्यु भएपछि एउटा सिटको निर्वाचन भने स्थगन गरिएको छ। 

देशको प्रमुख प्रतिपक्षी दल बीएनपी अर्थात् बंगलादेश नेसनलिस्ट पार्टी र उसका सहयोगीले भने यो निर्वाचन बहिष्कार गरेका छन्।

यस कारण बाँकी सिट पनि शेख हसिनाको पार्टी र उसका सहयोगीले जित्ने अपेक्षा गरिएको छ।

बीएनपीले मतदान देखावटी मात्र भएको आरोप लगाएको छ। आइतबारको नतिजा बीएनपीका नेता र उनीहरूका समर्थकको सामूहिक गिरफ्तारीपछि आएको हो।

आधिकारिक तथ्यांकले मतदान निकै कम भएको र करिब ४० प्रतिशत मात्रै मतदान भएको देखाएको छ। आलोचकहरूले यो तथ्यांक पनि बढाइचढाइ गरिएको दाबी गरेका छन्। 

स्वतन्त्र उम्मेदवारले ४५ सिट जितेका छन्। यी स्वतन्त्र पनि अवामी लिगकै रहेको बताइएको छ। जातीय पार्टीले ८ सिट जितेका छन्। 

पहिलोपटक सन् १९९६ देखि २००१ सम्म बंगलादेशको प्रधानमन्त्री बनेकी शेख हसिनाको यो कूल पाँचौँ र लगातार चौथो कार्यकाल हो।

आइतबार मतदानपछि शेख हसिनाले पत्रकारहरूसँग भनिन्, ‘म यो देशमा प्रजातन्त्र सुनिश्चित गर्न सक्दो प्रयास गरिरहेकी छु।’

अर्कातर्फ मानवअधिकार संगठन ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले अक्टोबर २८ मा विपक्षी र्‍यालीमा भएको हिंसापछि झण्डै १० हजार कार्यकर्ता पक्राउ परेको अनुमान गरेको छ भने हिंसामा १६ जनाको मृत्यु भएको छ भने ५ हजार ५ सयभन्दा बढी घाइते भएका छन्।

उक्त संगठनले बंगलादेश सरकारले ‘सत्तारुढ अवामी लिगका राजनीतिक विरोधीहरूले जेल भरेको’ आरोप लगाएको छ। तर, अवामी लिगले आरोप अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .