राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजा वीरेन्द्रको वंशनाश हुनेगरी भएको दरबार हत्याकाण्डको छानबिन गर्न जरुरी रहेको बताएका छन्।
सातै प्रदेशमा अभियानअन्तर्गत कर्णाली आइपुगेका अध्यक्ष लिङ्दे्नले आइतबार बिहान सुर्खेत विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै राजदरबार हत्याकाण्डको छानबिन हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताए।
‘राजदरबार हत्याकाण्डको छानबिन गर्न कुनै आपत्ति छैन। छानबिन गर्न जरुरी छ’, उनले भने, ‘हामीले यी सबै माग राखेका छौँ।’
नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले देशका तमाम भ्रष्टाचार काण्डको अनुसन्धान हुनुपर्ने आफ्नो पार्टीको माग भएको बताए।
२०५८ जेठ १९ गते साँझ नारायणहिटी राजदरबारभित्र तत्कालीन राजा वीरेन्द्र वीरविक्रम शाहको वंशै सखाप पारिएको थियो। तर अहिलेसम्म उक्त घटना कसले गरायो भन्ने कुरा रहस्यकै गर्भमा छ।
Shares
प्रतिक्रिया