ad ad

राजनीति


गिरीबन्धु टी स्टेटमा कांग्रेस–एमाले आमनेसामने, यस्तो छ जग्गाको अवस्था (फोटो/भिडिओ)

गिरीबन्धु टी स्टेटमा कांग्रेस–एमाले आमनेसामने, यस्तो छ जग्गाको अवस्था (फोटो/भिडिओ)

गिरीबन्धु टी–स्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्छ (तस्बिर : न्युज एजेन्सी नेपाल)


नेपालखबर
जेठ ३, २०८१ बिहिबार १४:१९, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेसले कमिसन खाएर गिरीबन्धु टी–स्टेटको ७० विघा जग्गा बेचेको आरोप लगाएपछि नेपालको राजनीतिको मोड फेरिने संकेत देखिएको छ।

गिरीबन्धु टी–स्टेटको बेचिएको भनिएको जग्गा अहिले झापाको बिर्तामोड नगरपालिका ५ र अर्जुनधारा ११ मा पर्छ। 

ठूलो भागमा अहिले पनि चियाको बुटा र जंगल नै छ। 

बेचिएको भनिएको जग्गामा अहिले ठूलो मानवीय बसोवास भएको बस्ति, बसपार्क, ठूल्ठूला होटल तथा विभिन्न संस्थाका कार्यालय छन्।

११५३ वटा कित्तामा विभाजन भएको जमिनमा अहिले करिब ४ सय घर परिवार बसोवास गरिरहेका छन्।

बिर्तामोड–५ र अर्जुनधारा–११ स्थित ५१ बिघा जग्गामध्ये ३८ विघा जग्गा प्लटिङ गरिएको थियो भने बाँकी खाली नै रहेको छ।

प्लटिङमा आवासीय घरसँगै टेकबहादुर गिरी बसपार्क, पाथीभरा इन्जिनियरिङ कलेज, कान्तिपुर ड्राइभिङ सेन्टरजस्ता व्यावसायिक संस्था सञ्चालनमा छन्। त्यही जग्गामा दुई दर्जनभन्दा बढी होटल खुलेका छन्।

झापाको गिरीबन्धु टी–स्टेटको नाममा रही चिया उत्पादनका लागि उपयोग नभएको जग्गा सरकारीकरण गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

अदालतको फैसलाको पूर्णपाठ सार्वजनिक भएपछि सोही जग्गामा बसोवास गर्नेहरूमा अन्योल छाएको छ।

यता  गिरीबन्धु टी–स्टेटको जग्गाको विषयमा सत्ता साझेदार प्रमुख दल नेकपा एमाले र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सदन र सडकमा आमने–सामने हुने निश्चित छ।

वास्तविकता के हो? विस्तारै खुल्दै जाला, तर अबको केही दिन सहकारीको विषयसँगै गिरीबन्धु टि–स्टेटको जग्गाको विषयले नेपालको राजनीतिक माहोल तात्ने देखिएको छ।

हेर्नहोस् भिडिओः

थप तस्बिर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .